ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०८३, शनिबार

    काठमाडौ, ७ कात्तिक । रुकुम पश्चिम, बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
    शुक्रबार करिब १७:३० बजेको समयमा जिल्ला रुकुम पश्चिम, बाफिकोट गाउँपालिका–२ स्वारा बस्ने बल बहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथ घरनजिकै बाटोमा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्तबहादुर नाथ (मानसिक अवस्था ठीक नभएको) ले एक्कासि ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए।

    ढुङ्गा प्रहारबाट बालकको अवस्था गम्भीर भएपछि उपचारका लागि स्वास्थ्य चौकी पिपल, रुकुम पश्चिम लगिएको थियो। त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पुर्‍याइएकोमा सोही दिन २२:०० बजे उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
    ढुङ्गा प्रहार गर्ने भक्त बहादुर नाथलाई नियन्त्रणमा लिइएको छ।
    घटनाबारे थप अनुसन्धान भइरहेको छ।