


तनहुँ, ७ कात्ति । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-४ सारडाँडा बस्ने २१ वर्षीय युवालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती युवाले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।