चाडपर्वपछि तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन, ४ जनामाथि अनुसन्धान जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चाडपर्वपछि तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन, ४ जनामाथि अनुसन्धान जारी

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०८३, आईतवार

    तनहुँ, ८ कात्तिक । चाडपर्वपछि जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न तनहुँ प्रहरीले सर्च एण्ड स्विप अपरेसन सञ्चालन गरेको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले शनिबार लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथामलगायतका उद्देश्यसहित अपरेसन सञ्चालन गरेको हो।

    उक्त कारबाहीका क्रममा १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये ६ जनालाई आफन्तको जिम्मा लगाएर छाडिएको छ भने बाँकी ४ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    चाडपर्वपछि हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गरी जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले प्रहरीले निगरानी तथा कारबाहीलाई निरन्तरता दिएको छ।