स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तनहुँमा रास्वपाका गतिविधि तीव्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तनहुँमा रास्वपाका गतिविधि तीव्र

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०८३, मंगलवार

    तनहुँ १० कात्तिक । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तनहुँमा राजनीतिक गतिविधि बढ्न थालेका छन् । यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्लाभर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । पार्टीले संगठन विस्तार, कार्यकर्ता भेटघाट तथा वडा तहका अधिवेशनलाई प्राथमिकता दिएको जनाएको छ ।

    रास्वपा तनहुँका जिल्ला सचिव अनिल श्रेष्ठका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा पार्टीका गतिविधि सञ्चालन भइरहेका छन् । निर्वाचन नजिकिँदै गर्दा राजनीतिक माहोल तात्दै गएको र पार्टीप्रति जनताको आकर्षण बढिरहेको उनले बताए ।

    श्रेष्ठले संगठनलाई वडा तहसम्म विस्तार गर्ने काम भइरहेको उल्लेख गर्दै बाँकी रहेका वडाहरूको अधिवेशन पनि छिट्टै सम्पन्न गरिने जानकारी दिए । वडा तहमा संगठनलाई व्यवस्थित बनाउँदै आगामी राजनीतिक गतिविधिका लागि पार्टीलाई तयार पार्ने उद्देश्य रहेको उनको भनाइ छ ।

    जिल्लाभर कार्यक्रम सञ्चालन भइरहेका बेला रास्वपाले संगठन विस्तार र स्थानीय तहसम्मको पहुँचलाई प्राथमिकतामा राखेको छ । बाँकी वडाका अधिवेशन सम्पन्न भएपछि पार्टीका स्थानीय संरचनालाई थप व्यवस्थित बनाउने तयारी रहेको जिल्ला सचिव श्रेष्ठले बताए ।