


काठमाडाै २३ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा लगातार चार खेल हार्दै संकटमा परेको पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ। क्यानडाका युवा ब्याटर युवराज सिंह सम्राको विस्फोटक शतकसँगै पोखरा विशाल योगफलतर्फ अघि बढेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराका लागि ओपनर सम्राले आक्रामक ब्याटिङ गर्दै मात्र ४५ बलमा शतक पूरा गरे। उनले १० चौका र ६ छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरेका हुन्।
सम्रा जारी एनपीएलमा शतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्। उनले शतक पूरा गर्दा पोखराले १५ ओभरमा एक विकेट गुमाएर १६१ रन बनाएको थियो। उनी ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ र बनाएर आउट भए।