शुक्लागण्डकीमा जिप सडकबाट ५० मिटर तल खस्यो, ६ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा जिप सडकबाट ५० मिटर तल खस्यो, ६ जना घाइते

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०८३, बिहीबार

    तनहुँ, २६ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा आज जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दुलेगौडाबाट स्याङ्जाको चिसापानीतर्फ जाँदै गरेको ग१ज ७४१० नम्बरको बोलेरो जिप दुलेगौडा–चिसापानी पक्की सडकखण्डबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    घाइते हुनेमा जिप चालक स्याङ्जाको हरिनास गाउँपालिका–१ खैरिकोट निवासी ३२ वर्षीय शिवबहादुर गुरुङ, जिपमा सवार २९ वर्षीय अमरबहादुर गुरुङ, ९४ वर्षीय रनबहादुर गुरुङ, ३९ वर्षीया निशा राना, ४८ वर्षीय चन्द्रबहादुर गुरुङ र ३४ वर्षीय मिलन गुरुङ रहेका छन् ।

    दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो । घाइते छ जनालाई उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौडामा पठाइएको प्रहरीले जनाएको छ ।

    जिपमा चालकसहित सात जना सवार रहेकामा एक जना भने सकुशल रहेका छन् । उनी गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ ।