भिमादमा तास खेलेका सात जना एक लाख ५० हजार सहित पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादमा तास खेलेका सात जना एक लाख ५० हजार सहित पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८३, शुक्रबार

    तनहुँ, २७ कात्तिक । भिमाद नगरपालिका-६ रत्नचोकस्थित एक हाेटलमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले बुधबार राति उनीहरुलाई पक्राउ गरेकाे हाे ।

    जिल्ला प्रहरी कार्यालय तनहुँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ५ सय ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।