कास्कीमा जिपको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्कीमा जिपको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८३, शुक्रबार

    पोखरा, २७ कात्तिक । कास्कीको पोखरा महानगरपालिका –०५ जिरो नजिक रोकी राखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।

    शुक्रबार १४:५० बजेको समयमा लु ३ च ५२७४ नम्बरको रोकी राखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो । उक्त दुर्घटनामा स्कुटरमा सवार तत्काल नामथर र वतन नखुलेका अन्दाजी २५ वर्षीय र अर्का नामथर र वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष दुवै जना गम्भिर घाइते भएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ ।

    दुवै सवारीसाधन र बोलेरो चालकलाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।