तनहुँमा पनि छठ पर्वको तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा पनि छठ पर्वको तयारी

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०८३, आईतवार

    तनहुँ २९ कात्तिक । तनहुँमा पनि छठ पर्वको तयारी गरिएको छ। भारत तथा तराईका विभिन्न जिल्लाबाट आएर तनहुँमा बसोबास गर्दै आएका परिवारले आज छठ पर्व मनाउने तयारी गरेका छन्।छठ पर्वलाई विशेष बनाउन दमौलीस्थित मादी नदी किनारमा आकर्षक घाट निर्माण गरिएको छ। मादी र सेती नदी किनारमा आकर्षक घाट सजाएर पूजापाठ गर्ने तयारी गरिएको छ ।

    सूर्यको आराधना गरी मनाइने छठ पर्वले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई समेत उजागर गर्छ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुले नुहाएर छठ पूजाको विधि सुरु गर्छन्। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन गरिन्छ।