थप चार कोरोना सङ्क्रमित निको, अब सक्रिय सङ्क्रमित ८६
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थप चार कोरोना सङ्क्रमित निको, अब सक्रिय सङ्क्रमित ८६

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    तनहुँ :  तनहुँमा थप चार जना कोरोना सङ्क्रमित निको भएका छन् । शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत चार सङ्क्रमित निको भएका हुन् ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार शुक्लागण्डकी नगरपालिकाका दुई, भीमाद नगरपालिकाका एक र व्यास नगरपालिकाका एक सङ्क्रमित निको भएका छन् । योसँगै जिल्लामा कोरोना निको हुनेको सङ्ख्या २ सय १४ पुगेको छ ।

    जिल्लामा हालसम्म भानु नगरपालिकाका २८, व्यास नगरपालिकाका ३४, शुक्लागण्डकी नगरपालिकाका १६, भीमाद नगरपालिकाका १४, म्याग्दे गाउँपालिकाका १३, घिरिङ गाउँपालिकाका २८, ऋषिङ गाउँपालिकाका ४८, देवघाट गाउँपालिकाका ३, बन्दीपुर गाउँपालिकाका २३ र आँबुखैरेनी गाउँपालिकाका ७ सङ्क्रमित निको भएका छन् ।

    स्वास्थ्य कार्यालयका अनुसार भानु नगरपालिकामा ४२, व्यास नगरपालिकामा १२, शुक्लागण्डकी नगरपालिकामा ८, म्याग्दे गाउँपालिकामा ९, देवघाट गाउँपालिकामा ९, बन्दीपुर गाउँपालिकामा ४ र आँबुखैरेनी गाउँपालिकामा दुई सङ्क्रमित सक्रिय छन् । भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा कोरोना सङ्क्रमित शुन्य छ ।

    जिल्लामा कूल तीन सय जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कूल सङ्क्रमितमध्ये १७.३३ प्रतिशत महिला र ८२.६७ प्रतिशत पुरुष छन् । कोरोना सङ्क्रमितहरुको दमौली, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका लगायतका आइसोलेशनमा उपचार भइरहेको छ ।