


दमौली, २२ साउन । लमजुङको मध्यनेपाल नगरपालिका–२, स्कुलटारमा करेन्ट लागेर तनहुँका एक पुरुषको मृत्यु भएको छ।
बिहीबार दिउँसो मध्यनेपाल नगरपालिका–२ स्कुलटारस्थित पूर्णकान्त सोतीको घरको छतमा रेलिङको पाइप तान्ने क्रममा तनहुँ व्यास नगरपालिका–८ निवासी ४४ वर्षीय उपेन्द्र सोती अचानक नाङ्गो बिजुलीको तारमा छोइँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
घाइते सोतीलाई तत्काल उपचारका लागि दुईपिप्लेस्थित अपोलो अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा दिउँसो ३:०० बजे उनलाई मृत घोषणा गरेका हुन्।