


दमौली २४ साउन । ३२ औं विश्व आदिवासी दिवसको अवसरमा तनहुँको दमौलीमा आज झाँकी प्रदर्शन गरिएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ व्यास नगर समन्वय परिषद्को आयोजनामा झाँकी प्रदर्शन गरिएको हो ।
झाँकीमा नगरभित्र बसोबास गर्ने विभिन्न जातजातिको सहभागिता रहेको थियो । अनसन चौतारीबाट सुरु भएको झाँकीले दमौली बजार परिक्रमा गरेको थियो ।






