गिरानचौर–हिलेखर्क र ढकालटार–ढापटार सडक निर्माणको प्रक्रिया अघि बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गिरानचौर–हिलेखर्क र ढकालटार–ढापटार सडक निर्माणको प्रक्रिया अघि बढ्यो

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०८३, बुधबार

    दमौली, ३ भदौ । गण्डकी प्रदेश सरकारद्वारा चालु आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित तनहुँ–१(क) अन्तर्गतका विभिन्न सडक आयोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउन स्थलगत सर्भे सम्पन्न भएको छ।

    ‘गिरानचौर–हिलेखर्क सडक’, ‘ढकालटार–ढापटार सडक’ लगायतका आयोजनाको निर्माण कार्य अघि बढाउने उद्देश्यले मंगलबार स्थलगत सर्भे गरिएको हो।

    सर्भेमा गण्डकी प्रदेश सभाका सदस्य तथा नेकपा संसदीय दलका नेता एवं हरि चुमानको विशिष्ट उपस्थिति रहेको थियो। त्यसैगरी पूर्वाधार विकास कार्यालय तनहुँका इञ्जिनियर राजेश पौडेलसहितको प्राविधिक टोली, सडक इञ्जिनियर विमल आचार्य, आँबुखैरेनी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रेम गुरुङ, पूर्वाधार विकास तथा भवन नियमन शाखा प्रमुख इञ्जिनियर ईश्वर भण्डारीलगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

    स्थलगत सर्भेमार्फत आयोजनाको प्राविधिक अवस्था, सडकको रेखाङ्कन तथा निर्माणका लागि आवश्यक पक्षबारे अध्ययन गरिएको जनाइएको छ। सर्भे सम्पन्न भएसँगै प्रदेश सरकारबाट विनियोजित आयोजनाहरू कार्यान्वयनको चरणमा अघि बढ्ने अपेक्षा गरिएको छ।

    आयोजनाको कार्यान्वयनबाट स्थानीय सडक पूर्वाधारको स्तरोन्नति भई आवागमन सहज हुनुका साथै स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।