


तनहुँ, ११ भदौ । दमौली १३२/३३ केभी ग्रिडको ३० एमभीए ट्रान्सफर्मरमा समस्या देखिएपछि विद्युत् आपूर्ति प्रभावित हुने भएको छ।
वैकल्पिक व्यवस्थाबाट लाइन सञ्चालन गरिने भएकाले विद्युत् आउने–जाने हुन सक्ने तनहुँ वितरण केन्द्रले जनाएको छ। समस्या शीघ्र समाधानका लागि पोखरा ग्रिडसँग समन्वय भइरहेको छ।
यसबाट पर्न सक्ने असुविधाप्रति सम्बन्धित निकायले क्षमायाचना गरेको छ।