भरतपुरमा ईभी कारमा आगलागी हुँदा चालकको ज्यान गयो, सनाखत हुन बाँकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भरतपुरमा ईभी कारमा आगलागी हुँदा चालकको ज्यान गयो, सनाखत हुन बाँकी

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८३, शुक्रबार

    चितवन, २६ भदौ । भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो । दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ ।