लापरबाहीपूर्वक सवारी चलाउने दुई चालकलाई ट्राफिक प्रहरीको कारबाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लापरबाहीपूर्वक सवारी चलाउने दुई चालकलाई ट्राफिक प्रहरीको कारबाही

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०८३, आईतवार

    तनहुँ २८ भदाै । सवारी साधन लापरबाहीपूर्वक चलाएको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले दुई जना चालकलाई कारबाही गरेको छ।सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सवारी साधन चलाउने क्रममा चालकहरूले लापरबाही तथा जोखिमपूर्ण व्यवहार गरेको देखिएपछि ट्राफिक प्रहरीले आवश्यक छानबिन गरी दुवै चालकलाई कारबाही गरेको हो।

    सडकमा सवारी चलाउँदा ट्राफिक नियमको पालना नगरी आफू र अन्य सडक प्रयोगकर्ताको ज्यान जोखिममा पार्ने गरी सवारी चलाउने कार्य नगर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आग्रह गरेको छ।मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत दमौली-डुम्रे खण्डमा लापरबाही तरिकाले सवारी चलाएको भिडिओ सार्वजनिक भएको थियो ।