संविधान दिवसमा तनहुँमा झण्डोत्तोलन, प्रभातफेरि र प्रवचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संविधान दिवसमा तनहुँमा झण्डोत्तोलन, प्रभातफेरि र प्रवचन

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०८३, शनिबार

    दमौली, ३ असोज । संविधान दिवसको अवसरमा शनिबार दमौलीमा झण्डोत्तोलन, प्रभातफेरि र प्रवचन कार्यक्रम सम्पन्न भएको छ । व्यास नगरपालिका–३ प्रशासनचोकमा राष्ट्रिय सभा सदस्य पदमबहादुर परियार र संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले संयुक्त रुपमा झण्डोत्तोलन गरे ।

    लगत्तै सोही ठाउँबाट सुरु भएको प्रभातफेरि व्यास नगरपालिकाको सभाहलमा पुगेर प्रवचन कार्यक्रममा परिणत भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य परियार, संविधानसभा सदस्य पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले धारणा राखेका थिए ।