व्यास नगर साइनिङ स्टारको फाइनल आइतबार, तयारी पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगर साइनिङ स्टारको फाइनल आइतबार, तयारी पूरा

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०८३, शनिबार

    दमौली, ३ असोज । जेसीआई व्यास नगरको व्यास नगर साइनिङ स्टार’ को फाइनल आइतबार हुने भएको छ। फाइनलका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

    प्रतियोगितामा छनोट भएका २० जना बालबालिकाले फाइनलमा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्। उनीहरूको प्रस्तुतिबाट उत्कृष्ट १० जना छनोट गरिनेछ भने तीमध्येबाट विजेता, फस्ट रनर अप र सेकेन्ड रनर अप घोषणा गरिनेछ।

    प्रतियोगिताका सहभागीलाई फाइनलअघि एक महिनासम्म प्रशिक्षण प्रदान गरिएको थियो। बालबालिकाको प्रतिभा पहिचानसँगै उनीहरूको आत्मविश्वास र प्रस्तुतीकरण क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

    फाइनल कार्यक्रम आइतबार दिउँसो २ बजेबाट सुरु हुनेछ।

    जेसीआई व्यास नगरका अध्यक्ष अजर नागिलाले बालबालिकामा लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले सहभागी बालबालिकाले प्रशिक्षणमार्फत आफ्नो क्षमता थप निखार्दै फाइनलका लागि तयारी पूरा गरेको बताए।

    कार्यक्रम संयोजक सुनिल श्रेष्ठले २०प्रतियोगिताले बालबालिकालाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताए।