भतेरीमा फोहर फाल्न समस्या, वैकल्पिक स्थान खोजी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भतेरीमा फोहर फाल्न समस्या, वैकल्पिक स्थान खोजी

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँकाे व्यास नगरपालिकाका नगर क्षेत्रबाट सङ्कलन भएका फोहर बिसर्जनका लागि समस्या उत्पन्न भएको छ । व्यास नगरपालिका–३ भतेरीमा फोहर बिसर्जन गर्दै आइएपनि मादी नदीको कटानले फोहर बिसर्जन गर्ने स्थान बगाइदिएपछि समस्या भएको हो ।

    उक्त ठाउँमा फोहर फाल्न सम्भव नभएपछि व्यास नगरपालिका–४ र १० को बीचमा पर्ने माथिल्ला भतेरीमा फोहर फाल्ने तयारी गरिएको छ । मादी नदीमा प्रदूषण नहुने गरी फोहर बिसर्जन गर्ने र स्थानीय टोल विकास संस्थाको माग बमोजिम विकासका पक्षहरुलाई क्रमशः सम्बोधन गरिने नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । नगरप्रमुख न्यौपानेका अनुसार स्थायी फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न वडा नं ४ का अध्यक्ष विश्वराज न्यौपानेको अध्यक्षतामा वातावरणीय अध्ययन समिति गठन गरिएको छ ।

    व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकामा डम्पिङ साइट नहुँदा विगत कयौ वर्षदेखि भतेरीमा फोहर फाल्ने गरिएको छ ।