


काठमाडौं ६ असाेज । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्। प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणका क्रममा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे र सोहीअनुसार राष्ट्रपतिबाट जिम्मेवारी तोकिएको जनाइएको छ।
प्रधानमन्त्री शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जानेछ। उहाँ मंगलबार अमेरिका प्रस्थान गर्ने र असोज १० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।
प्रधानमन्त्री शाहले महासभामा भोटेकोशी बाढीबाट नेपालमा भएको जनधनको क्षति तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद्का विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी रहेको जनाइएको छ।