मनकामना चोकमा अचेत अवस्थामा भेटिएका युवकको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मनकामना चोकमा अचेत अवस्थामा भेटिएका युवकको उद्धार

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८३, बुधबार

    तनहुँ, ७ असोज । व्यास नगरपालिका–१ मनकामनाचोकमा बुधबार एक युवक अचेत अवस्थामा फेला परेका छन्।

    दिउँसो करिब ३ः४० बजे अचेत अवस्थामा पुरुष भेटिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको छ।

    अन्दाजी २४/२५ वर्षका ती युवकको नामथर र ठेगाना खुल्न सकेको छैन। उनको उपचार भइरहेको र प्रहरीले आफन्तको खोजी गरिरहेको जनाएको छ।