डोल्पामा जहाज दुर्घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डोल्पामा जहाज दुर्घटना

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८३, बिहीबार

    काठमाडौ, ८ असोज ।   नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ । 

    १३ जना यात्रु बोकेर  गएको सानो विमानको पछाडिको दायाँ तर्फ टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । 

    डिएसपी अनिल गिरीका अनुसार  सबै यात्रु सकुशल छन् भने  धावनमार्गमा   मर्मत भइरहेको छ ।

    आज बिहान ८ बजेर २५ मिनेटको समयमा नाइ–एन–एजेएच कलसाइन थियो ।  जहाजमा सात जना विदेशी नागरिक समेत  थिए ।