


तनहुँ, ९ असोज । नेपाली कांग्रेस तनहुँ–१ बाट महाधिवेशन प्रतिनिधि पदका लागि एलिजा ढकालले उम्मेदवारी घोषणा गरेकी छन्। युवाको सक्रिय सहभागिता र पुस्तान्तरणलाई प्राथमिकता दिँदै ढकालले महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आबद्ध ढकाल नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्य समेत हुन्। विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा सक्रिय रहँदै आएकी उनी युवा पुस्ताको आवाज र अपेक्षालाई पार्टीको नीति तथा नेतृत्व तहसम्म पुर्याउने उद्देश्यसहित प्रतिनिधिका रूपमा अघि बढेकी छन्।
युवा पुस्ताको सहभागिता, संगठन सुदृढीकरण र पार्टीभित्र नयाँ पुस्ताको भूमिकालाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्दै ढकालले आफ्नो उम्मेदवारीलाई अघि बढाएकी हुन्। तनहुँ–१ मा उनको उम्मेदवारीलाई युवा पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।