


तनहुँ, ९ असोज । नेपाली कांग्रेस तनहुँको क्षेत्रीय अधिवेशन मौसम प्रतिकूलताका कारण स्थगित भएको छ। असोज १० गतेका लागि तय गरिएको क्षेत्रीय अधिवेशन अब असोज १२ र १३ गते हुने भएको छ।
जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार पछिल्लो समय भइरहेको लगातार वर्षा तथा प्रतिकूल मौसमका कारण निर्धारित मितिमा अधिवेशन सञ्चालन गर्न कठिनाइ भएपछि मिति परिवर्तन गरिएको हो।