प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पृथ्वी राजमार्गको जोखिम क्षेत्र अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पृथ्वी राजमार्गको जोखिम क्षेत्र अनुगमन

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८३, शुक्रबार

    तनहुँ, ९ असोज । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग तथा मुग्लिङ–पोखरा सडकखण्डमा देखिएका सम्भावित जोखिमको तनहुँमा स्थलगत अनुगमन गरिएको छ।

    तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्की, जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा मुग्लिङ–पोखरा सडकखण्ड आयोजनाका इन्जिनियर अमित ढकालसहितको टोलीले शुक्रबार सडकखण्डका विभिन्न जोखिम क्षेत्रको निरीक्षण गरेको हो।

    टोलीले आँबुखैरेनी गाउँपालिका–३ ऐनापहरा, व्यास नगरपालिका–१२ छिर्कनस्थित पहिरो क्षेत्र तथा बन्दीपुर गाउँपालिका–४ ठूलढुङ्गामा जोखिममा परेको स्थानीयको घर लगायतका स्थानको स्थलगत निरीक्षण गरेको छ।

    अनुगमनका क्रममा सडकमा पहिरो तथा अन्य जोखिमको अवस्था बुझ्नुका साथै सम्भावित जोखिम न्यूनीकरण र सडक यातायातलाई सुरक्षित बनाउने विषयमा सम्बन्धित निकायसँग समन्वय गरिएको जनाइएको छ।