मादी नदीमा करेन्ट लगाएर माछा मार्ने तीन जनालाई ३० हजार जरिवाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादी नदीमा करेन्ट लगाएर माछा मार्ने तीन जनालाई ३० हजार जरिवाना

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८३, शुक्रबार

    तनहुँ, ९ असोज । तनहुँको व्यास नगरपालिका–७, दुलेपानीस्थित मादी नदीमा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्।

    सूचना प्राप्त भएपछि प्रहरी चौकी कलेस्तीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई माछा मार्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय दमौली पठाइएको थियो।

    नगरपालिकाले तीनै जनालाई जनही १० हजार रुपैयाँका दरले कुल ३० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए।