तनहुँ कांग्रेसमा महाधिवेशन प्रतिनिधिको लर्को, काठमाडौ केन्द्रित नेतादेखि वडाध्यक्षसम्म उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ कांग्रेसमा महाधिवेशन प्रतिनिधिको लर्को, काठमाडौ केन्द्रित नेतादेखि वडाध्यक्षसम्म उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८३, शनिबार

    तनहुँ, १० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँमा हुने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न आकांक्षीहरूको संख्या बढ्दै गएको छ।

    असोज १२ र १३ गते हुने क्षेत्रीय अधिवेशनलाई लक्षित गर्दै काठमाडौंलगायत विभिन्न ठाउँबाट आएका नेतादेखि जिल्ला समितिका अधिकांश पदाधिकारी तथा सदस्य र वडाध्यक्षहरु महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बन्ने तयारीमा देखिएका छन्।

    जिल्लाका १० वटै पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ। पछिल्लो विवरणअनुसार आठ पालिकामा नेतृत्व सर्वसम्मत र दुई पालिकामा मतदानमार्फत चयन भएको थियो। 

    क्षेत्रीय अधिवेशनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले तनहुँ कांग्रेसभित्र अहिले प्रतिनिधि छनोटको गतिविधि तीव्र बनेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मौसम प्रतिकूल रहेका क्षेत्रमा असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।