दमौलीमा १२ घण्टामा १२५ मिलिमिटर वर्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा १२ घण्टामा १२५ मिलिमिटर वर्षा

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८३, आईतवार

    तनहुँ ११ असाेज । तनहुँको दमौलीमा पछिल्लो १२ घण्टामा १२५ मिलिमिटर वर्षा भएको छ। उक्त वर्षालाई भारी वर्षाका रूपमा लिइएको छ।

    यस्तै बन्दीपुरमा पछिल्लाे १२ घण्टामा १२०.२ मिलिमिटर वर्षा भएकाे छ ।

    लगातारको भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेको छ। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न आग्रह गरेको छ।