तनहुँमा कांग्रेसका चार केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधि उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा कांग्रेसका चार केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधि उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८३, सोमबार

    तनहुँ, १२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका चार केन्द्रीय सदस्यले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।

    कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्लेले तनहुँ क्षेत्र नम्बर २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। त्यसैगरी केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ बाट खुलातर्फ उम्मेदवारी दिएका छन्।

    केन्द्रीय सदस्य चिनु पोख्रेलले तनहुँ क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ र केन्द्रीय सदस्य प्रकाश पन्थले सोही क्षेत्रबाट अपांगतातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्।

    महाधिवेशन प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै तनहुँमा कांग्रेसको आन्तरिक चुनावी गतिविधि थप तीव्र बनेको छ। क्षेत्रीय प्रतिनिधिहरूले मतदानमार्फत महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्।