नेपाली कांग्रेस महाधिवेशन : तनहुँका दुवै निर्वाचन क्षेत्रमा आज मतदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली कांग्रेस महाधिवेशन : तनहुँका दुवै निर्वाचन क्षेत्रमा आज मतदान

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८३, मंगलवार

    तनहुँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा आज मतदान हुँदैछ। तनहुँ क्षेत्र नम्बर १ को मतदान दमौलीमा र क्षेत्र नम्बर २ को मतदान बेलचौतारामा हुने भएको छ।

    मतदानमार्फत क्षेत्रीय समिति, प्रदेशसभा समिति तथा महाधिवेशन प्रतिनिधि चयन गरिनेछ। दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू मतदातामाझ आफ्नो पक्षमा मत माग्दै सक्रिय छन्।

    क्षेत्रीय प्रतिनिधिहरूले मतदानमार्फत नेतृत्व चयन गर्ने भएकाले आजको निर्वाचनलाई पार्टीको स्थानीय तथा क्षेत्रीय संगठन निर्माणका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।