कक्षा-१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कक्षा-१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    काठमाडौ: कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ।

    सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझाबसहितको प्रतिवेदन सचिवालयले बोर्डमा बुझाएको बताइएको छ ।

    बोर्डका एक अधिकारीका अनुसार प्रतिवेदनमा चरणबद्ध रूपमा परीक्षा सञ्चालनलाई पहिलो प्राथमिकता दिइएको छ । त्यसबाहेक ओपन बुक पद्धति अपनाउने, त्यसमा पनि कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने र अनलाइनबाट प्रश्न पठाएर विद्यालयले परीक्षा लिने विकल्प प्रतिवेदनमा सुझाइएको छ।

    अझै ढिलो गर्दा हिमाली भेगमा हिउँदमा परीक्षा सञ्चालन गर्न कठिन हुने र शैक्षिक सत्रसमेत जोखिममा पर्ने भएकाले छिटो गर्नुपर्ने सुझाब प्रतिवेदनमा छ।

    केही सरोकारवालाले अवस्था सामान्य भएपछि परम्परागत रूपमै परीक्षा सञ्चालन गर्न सकिने सुझाब पनि दिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताउनुभयो ।