कांग्रेस तनहुँ–२ को क्षेत्रीय सभापतिमा जितराज राना विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस तनहुँ–२ को क्षेत्रीय सभापतिमा जितराज राना विजयी

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८३, बिहीबार

    तनहुँ, १५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा जितराज राना विजयी भएका छन्।

    क्षेत्रीय सभापति पदमा भएको निर्वाचनमा रानाले ७२१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी रसामाया गुरुङले २७४ मत प्राप्त गरिन्।राना ४४७ मतान्तरले विजयी भएका हुन्।

    यस्तै सहसचिवमा शिवराज रेग्मी विजयी भएका छन्।सहसचिव पदमा भएको निर्वाचनमा रेग्मीले ५६१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी उमानाथ पाठकले ३०० मत प्राप्त गरे।