आमा–छोरा कांग्रेसको महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिमा निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आमा–छोरा कांग्रेसको महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिमा निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८३, शुक्रबार

    तनहुँ, १६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ–२ बाट आमा–छोरा माया राना र गौरवराज राना फरक–फरक तहका प्रतिनिधिमा निर्वाचित भएका छन्। म्याग्दे गाउँपालिकाकी निवर्तमान अध्यक्ष माया राना महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदा उनका छोरा गौरवराज राना प्रदेश प्रतिनिधिमा निर्वाचित भएका हुन्।

    माया राना सर्वाधिक मत र गौरवराज राना लोकप्रिय मत सहित निर्वाचित भएका हुन्।

    लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण तथा पार्टी गतिविधिमा सक्रिय रहँदै आएका राना परिवारका दुई सदस्य एकै अधिवेशनबाट प्रतिनिधिका रूपमा निर्वाचित भएपछि यसलाई कांग्रेसभित्र राजनीतिक विरासत बोकेको परिवारका रूपमा समेत हेरिएको छ।

    माया राना म्याग्दे गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन्। स्थानीय तहको नेतृत्वमा रहेर काम गर्नुका साथै उनले लामो समयदेखि नेपाली कांग्रेसको संगठन विस्तार र पार्टी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। पार्टीको स्थानीय संगठनलाई बलियो बनाउन तथा कार्यकर्तासँगको समन्वयमा उनको निरन्तर सक्रियता रहँदै आएको छ।

    त्यस्तै, गौरवराज राना नेपाली कांग्रेस म्याग्देका निवर्तमान सचिव हुन्। युवा पुस्तामाझ पार्टी संगठनलाई विस्तार गर्न तथा कांग्रेसका विभिन्न गतिविधिमा सक्रिय भूमिका खेल्दै आएका गौरवले स्थानीय तहदेखि क्षेत्रीय तहसम्म पार्टी गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएका छन्।

    आमा माया राना महाधिवेशन प्रतिनिधि तथा छोरा गौरवराज राना प्रदेश प्रतिनिधिमा निर्वाचित भएसँगै राना परिवारको कांग्रेस राजनीतिमा रहेको लामो संलग्नता थप चर्चामा आएको छ। एउटै परिवारका दुई पुस्ता पार्टीको फरक–फरक तहमा प्रतिनिधिका रूपमा निर्वाचित हुनुलाई कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले संगठनप्रतिको निरन्तर योगदान र सक्रियताको परिणामका रूपमा लिएका छन्।

    राना परिवारले लामो समयदेखि नेपाली कांग्रेसको नीति, विचार र संगठनलाई आधार बनाएर राजनीतिक तथा सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएको छ।