व्यासमा कक्षा ११ र १२ को भर्ना भदौभित्रै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा कक्षा ११ र १२ को भर्ना भदौभित्रै

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले कक्षा ११ र १२ को भर्ना भदौ महिनाभित्रै सक्ने निर्णय गरेको छ । वैकल्पिक विधिबाट अध्यापन कार्य गराउने सरकारको तयारी बमोजिम व्यास नगरपालिकाले पनि कक्षा ११ र १२ को भर्ना प्रकृया भदौभित्रै सम्पन्न गर्ने निर्णय गरेको हो ।

    सोको व्यवस्थापन गर्न सबै विद्यालयमा कति विद्यार्थी छन् त्यसको सङ्ख्या एकिन गर्नुपर्ने हुँदा भर्ना प्रकृया सञ्चालन गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । उहॉका अनुसार सम्पूर्ण विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी वैकल्पिक विधिबाट भर्ना प्रक्रिया सम्पन्न गराउन र विद्यार्थी विवरण पेश गर्न नगर शिक्षा समितिलाई जिम्मा दिने निर्णय भएको छ ।

    साथै विद्यालयले लिने शुल्क तथा अध्यापन वैकल्पिक विधिको तय पनि नगर शिक्षा समितिले गर्नेछ ।