बाजागाजासहित शिक्षक शिवचन्द्र आचार्यको विदाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाजागाजासहित शिक्षक शिवचन्द्र आचार्यको विदाइ

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८३, शुक्रबार

    तनहुँ, १६ असोज। तनहुँको व्यास–९ स्थित माहेन्द्री माध्यमिक विद्यालयका शिक्षक एवं पूर्वप्रधानाध्यापक शिवचन्द्र आचार्यलाई बाजागाजासहित सम्मान तथा विदाइ गरिएको छ।

    शुक्रबारदेखि अनिवार्य अवकाश लिएका आचार्यलाई विद्यार्थी, शिक्षक तथा अभिभावकले पञ्चेबाजासहित सम्मान गर्दै रिठ्ठाबोटस्थित उहाँको घरसम्म पुर्‍याएका हुन्। करिब ४१ वर्ष शिक्षण सेवामा रहेका आचार्यले २०७१ सालदेखि माहेन्द्री माविमा निरन्तर सेवा गरेका थिए । उनले २०७९ देखि २०८१ सम्म विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

    विद्यालयले दीर्घ सेवा सम्मानपत्र प्रदान गरेको कार्यक्रममा शिक्षक तथा विद्यार्थीले सम्मान गरेका थिए। विद्यार्थीले सांस्कृतिक प्रस्तुति तथा नृत्यसमेत प्रस्तुत गरेका थिए। कार्यक्रममा व्यास–९ का वडाध्यक्ष सुरेश थापालगायतले आचार्यको योगदानको प्रशंसा गर्दै सेवानिवृत्त जीवन सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरे।