


तनहुँ, १६ असोज ।नेपाली कांग्रेस १५ औं महाधिवेशन आयोजक तयारी समिति तनहुँको कार्य समिति विस्तार गरिएको छ ।
समितिको संयोजक प्राडा कृष्णप्रसाद गौतमको अध्यक्षतमा शुक्रबार बसेको बैठकले तयारी समिति विस्तार गरेको हो । तयारी समितिका सचिव माधव खनालले जानकारी दिए अनुसार समितिको सदस्यमा सुकुमलाल गुरुङ, विजय भट्राई , शान्ता घर्ति , सुरज बोहोरा , गोपाल बहादुर क्षेत्री , राजकुमार श्रेष्ठ,सूर्यकुमारी कोइराला , खुमबहादुर श्रेष्ठ , प्रकाश लौडारी ,भरतराज नहर्की , निलकण्ठ सिग्देल ,नवराज अधिकारीलाई सदस्यमा थप गरेको छ ।
त्यस्तै बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी , आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली , पूर्व आमन्त्रित केन्द्रीय सदस्य बलबहादुर आले र नेत्री यमुना खड्का वि.क.लाई सल्लाहकारको भूमिका राख्ने निर्णय गरेको छ ।
समितिका सह—संयोजक डम्बर अधिकारीका अनुसार बैठकमा वडा अधिवेशन , स्थानीय तह ,प्रदेश तथा क्षेत्रीय अधिवेशनको प्रक्रिया अगाडि व्यापक रुपमा छलफल भएको थियो । अधिवेशन सम्पन्न गर्नका लागि प्रतिनिधि खटाउने देखाउने अन्य तयारीका विषयमा समेत बैठकमा छलफल भएको थियो ।
बैठकमा धारणा राख्दै संयोजक प्राडा गौतमले पार्टीका आधिकारिक पक्ष आफूहरु नै भएको हुँदा भ्रम नपर्न समेत आग्रह गरेका थिए । बैठकमा नेताहरु यमुना खड्का ,जिल्ला संयोजक गौतम ,सह संयोजक अधिकारी , सचिव खनाल ,युवा नेता विपिन अधिकारी लगायतले धारणा राखेका थिए ।