


तनहुँ, १६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ–१ बाट खुला समूहमा महाधिवेशन प्रतिनिधि निर्वाचित दीपक भट्टराईले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
तनहुँ–१ बाट खुला महाधिवेशन प्रतिनिधिमा निर्वाचित भट्टराईले अब पार्टीको केन्द्रीय नेतृत्वमा रहेर संगठन सुदृढीकरण, युवा सहभागिता तथा पार्टीलाई थप गतिशील बनाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि भट्टराईले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण प्रतिनिधि, नेता तथा कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।