नेविसंघका पूर्वकेन्द्रीय कार्यवाहक अध्यक्ष राजेशकुमार श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्यमा लड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेविसंघका पूर्वकेन्द्रीय कार्यवाहक अध्यक्ष राजेशकुमार श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्यमा लड्ने

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८३, शनिबार

    काठमाडौ, १७ असोज । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वकेन्द्रीय कार्यवाहक अध्यक्ष राजेशकुमार श्रेष्ठले पार्टीको आसन्न १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

    विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन्। कांग्रेसको केन्द्रीय अधिवेशन आगामी असोज १८ गतेदेखि सुरु हुँदैछ। श्रेष्ठले उक्त महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचन लड्ने तयारी गरेको बताएका छन्।

    नेविसंघको केन्द्रीय कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठ कुनै समय संगठनको केन्द्रीय अध्यक्षका दाबेदारसमेत थिए। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सचिव पदमा प्रतिस्पर्धा गरेका उनी नेविसंघको विधान निर्माण तथा संगठनलाई विधि, नीति र विचारका आधारमा अघि बढाउने अभियानमा सक्रिय रहँदै आएका छन्।