उपसभापतिमा उम्मेदवारी दिने गोविन्द भट्टराईको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उपसभापतिमा उम्मेदवारी दिने गोविन्द भट्टराईको घोषणा

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८३, आईतवार

    तनहुँ, १८ असोज । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५ औं महाधिवेशनमा उपसभापति पदमा निर्वाचन लड्ने घोषणा गरेका छन् । नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले सबैबाट उपसभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिने जानकारी गराएका हुन्।

    ‘देश तथा विदेशबाटसमेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरुबाट सुझाव आएको छ।’, उनले भने, ‘मैले त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको छु ।’