कांग्रेस केन्द्रीय सदस्यमा युवा नेता सुशील तिमल्सेनाको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस केन्द्रीय सदस्यमा युवा नेता सुशील तिमल्सेनाको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८३, आईतवार

    काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता सुशील तिमल्सेनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

    ४० वर्षको हाराहारी उमेरका तिमल्सेना तनहुँ–१ बाट खुलातर्फ सम्मानजनक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। उनी तनहुँ–१ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेमध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन्।

    पार्टी संगठन सुदृढीकरण, युवाको अर्थपूर्ण सहभागिता तथा कांग्रेसलाई थप सबल, गतिशील र जनतासँग जोडिएको पार्टी बनाउने उद्देश्यले उम्मेदवारी घोषणा गरेको तिमल्सेनाले बताएका छन्।