दसैँ बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दसैँ बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८३, शुक्रबार

    तनहुँ, २३ असोज । विजया दशमीको अवसरमा तनहुँ जिल्ला अदालत बन्द रहने भए पनि अत्यावश्यक न्यायिक सेवा भने सञ्चालन हुने भएको छ ।

    तनहुँ जिल्ला अदालतले सूचना जारी गर्दै असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने जनाएको हो ।

    अदालतका अनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न तथा पक्राउ पुर्जी जारी गर्न र अनुमति प्रदान गर्न अदालत खुला रहनेछ ।

    उक्त प्रयोजनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सूचनामा उल्लेख छ ।