बुढीगण्डकीमा बाढीको जोखिमपछि आँबुखैरेनीमा प्रहरीद्वारा माइकिङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बुढीगण्डकीमा बाढीको जोखिमपछि आँबुखैरेनीमा प्रहरीद्वारा माइकिङ

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८३, आईतवार

    तनहुँ, २५ असोज । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीका कारण जोखिम बढेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पुलजीप क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले माइकिङ गरी स्थानीयलाई सतर्क गराएका छन्।

    नदीमा पानीको बहाव बढ्दै गएपछि सम्भावित जोखिमबाट जोगिन नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सुरक्षित रहन आग्रह गरिएको छ। प्रहरीले जोखिमयुक्त स्थानमा नजान र आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।