मोटरसाइकलको ठक्करबाट भिमादमा तीन वर्षीय बालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मोटरसाइकलको ठक्करबाट भिमादमा तीन वर्षीय बालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०८३, मंगलवार

    तनहुँ, २७ असोज । तनहुँको भिमाद नगरपालिका–५ शीतलमार्गस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट आज तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने तीन वर्षीय बालक स्वरुप गैह्रे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको ग.प्र.०३–००१ प १०६७ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते बालकको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।