मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०८३, बिहीबार

    पाेखरा २९ असाेज । कास्की, पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्ग (पोखरा–बुटवल सडकखण्ड) मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ ।मिति २०८३।०६।२९ गते बिहान अन्दाजी ०७:०० बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किई दुर्घटना भएको हो ।

    दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका –१७ बस्ने १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा महानगरपालिका–१७ विरौटामा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् ।उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।