


तनहुँ, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदमा किरणबाबु श्रेष्ठसहित तीन जना विजयी भएका छन्।
प्राप्त मतपरिणामअनुसार किरणबाबु श्रेष्ठले २ हजार ४९५ मत प्राप्त गर्दै पहिलो स्थानमा विजयी भएका छन्। त्यस्तै, रेशमबहादुर बानियाँले २ हजार २९२ र खुमाप्रसाद अर्यालले २ हजार २८७ मत प्राप्त गर्दै विजयी भएका छन्।
यससँगै गण्डकी भूगोलतर्फ उम्मेदवारी दिएका तनहुँका जितप्रकाश आलेले २ हजार २१३ र सुशील तिमिल्सिनाले १ हजार ६१६ मत प्राप्त गरे पनि विजयी हुन सकेनन्।