


तनहुँ, ४ कात्तिक । नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा, तनहुँमा बडादसैँको टीका तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
गण प्रमुख प्रहरी उपरीक्षक महेश थापाले गणमा कार्यरत प्रहरी कर्मचारीलाई टीका तथा जमरा लगाइदिएका हुन् । सो अवसरमा उनले प्रहरी कर्मचारीको व्यावसायिक, व्यक्तिगत तथा पारिवारिक जीवनको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बडादसैँको शुभकामना व्यक्त गरेका थिए ।