तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ तनहुँले कोभिड–१९ का कारण उपचारका लागि आईसोलेशनमा रहनुभएको व्यक्तिहरुलाई फलफूल तथा पानी हस्तान्तरण गरेको छ । राष्ट्रिय युवा सङ्घ तनहुँका अध्यक्ष ईश्वर बस्यालको नेतृत्वमा व्यासगुफा मन्दिर नजिकै निर्माण गरिएको आइसोलेशन कक्षमा रहेका विरामीहरुलाई फलफूल, पानी र केरा सहयोग गरिएको हो ।
जनयुद्धका शहीदहरु सुरेश वाग्ले(वासु) र भीमसेन पोख्रेल (वैरागी)को २२ औ स्मृति दिवसका अवसर पारेर फलफूल तथा खानेपानी सहयोग गरिएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो । शहीदहरुको सम्मानमा कोभिडका कारण आईसोलेशनमा बसेका संक्रमितहरुको मनोवल उच्च बनाउनका लागि समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सहयोग गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य कमल गैह्रे र शरण सापकोटाले जानकारी दिनुभयो । “राष्ट्रिय युवा संघ आम जनताका हरेक समस्यामा साथ र सहयोग गर्न तत्पर रहेको छ,” गैह्रेले भन्नुभयो ।
सो क्रममा २० कार्टुन पानी, १० दर्जन, केरा, १२ केजी स्याउ अध्यक्ष ईश्वर बस्यालले स्वास्थ्यकर्मीहरु सुनिता दरै र सुशीला खनाललाई हस्तान्तरण गर्नुभयो । कोभिड १९ का संक्रमितलाई युवा संघद्वारा गरिएको सहयोगले स्वास्थ्यमा सहयोग पुग्ने स्वास्थ्यकर्मी सुशीला खनालले जानकारी दिनुभयो । सो कार्यक्रममा नेकपा तनहुँका कार्यलय सदस्य श्रीप्रसाद श्रेष्ठ, अतिन्द्रकेशरी न्यौपाने लगायत नेताहरुको उपस्थिति रहेको थियो ।