काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। उहॉले दिएको स्वाबको नमूनाको पोजेटिभ रिपोर्ट मंगलबार आएको र यसमा आफूलाई कोरोना पोजेटिभ देखिएको बताउनुभएको छ ।
‘आज गरिएकाे परीक्षणका क्रममा मलाई काेराेना संक्रमण पुष्टि भएकाे छ। हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन,’ उहॉले भन्नुभएको छ । चिकित्सककाे सल्लाहअनुसार हाल हाेम आइसाेलेसनमा बसेकाे समेत उहॉले बताउनुभयो ।