रोटर्याक्ट क्लवद्वारा कोभिड-१९ र बीमा सम्बन्धी सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रोटर्याक्ट क्लवद्वारा कोभिड-१९ र बीमा सम्बन्धी सचेतना

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७७, सोमबार

    दमौली : रोटर्याक्ट क्लव अफ दमौलीले कोभिड-१९ र बीमा सम्बन्धमा भर्चुअल माध्यमबाट अनलाईन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कोभिडले पेशागत जीवनमा पुर्याएको असर र कोभिडसँगै अबको जीवनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा क्लवले सदस्यहरुलाई अनलाईन प्रशिक्षण दिएको हो ।

    प्रशिक्षणमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले अब कोरोनासँगै दैनिक जीवन सञ्चालन गर्नुको विकल्प नभएकाले सचेतना अपनाउँदै अगाडी बढ्नुपर्ने बताउनुभयो । सो क्रममा डा. श्रेष्ठले कोरोनाबाट बच्न अपनाउनुपर्ने सचेतनाका उपायबारेमा जानकारी गराउनुभयो ।

    प्रशिक्षणमा सगरमाथा इन्स्योरेन्स कम्पनीका दमौली शाखाका वरिष्ठ विकास अधिकृत पवनसिं कार्कीले कोभिड-१९ को बीमा सम्बन्धी जानकारी गराउनुभयो । उहॉका अनुसार बीमा गर्दा एकल व्यक्ति भएमा रु एक हजार, वडाबाट सिफारिस ल्याएमा रु तीन सय र समूहमा गर्दा रु ६ सय शुल्क बुझाउनुपर्छ ।

    क्लवका अध्यक्ष राजकुमार श्रेष्ठले स्वागत सहित कार्यक्रम शुरुवात गर्नुभएको थियो भने कार्यक्रम संयोजक सन्जिता भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।