राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटोग्राफी प्रशिक्षण दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटोग्राफी प्रशिक्षण दिने

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७७, शुक्रबार

    काठमाडाै : राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे नेपाल) ले फोटो पत्रकारहरुलाई फोटोग्राफी प्रशिक्षण दिने भएको छ । आफ्नो स्थापनाकालको २४ ‌औं वार्षिक उत्सवको अवसर पारेर फोटो पत्रकारहरुलाई भर्चुअल रुपमा प्रशिक्षण दिन लागिएको हो ।

    असोज २ गतेबाट शुरु हुने भर्चुअल प्रशिक्षण असोज ३ र ४ गरी ३ दिनसम्म चल्नेछ । बेलुका ८ बजेदेखि १० बजेसम्म २ घण्टा प्रशिक्षकले फोटोग्राफी प्रशिक्षण गर्नेछन् । फोटो पत्रकारहरुलाई पुराना तथा अनुभवी फोटोग्राफर राजन काफ्लेले प्रशिक्षण दिनुहुनेछ । काफ्ले हाल प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय फोटोग्राफरका रूपमा कार्यरत हुनुहुन्छ ।

    फोटो पत्रकारहरुको पूरानो संस्थाको रुपमा रहेको एनएफपिजेको यो प्रशिक्षणले संस्थामा आबद्ध नयाँ सदस्यहरुको क्षमता अभिबृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने छ संस्थाका महासचिव प्रदीपराज वन्तले बताउनुभयाे । संस्थाका अध्यक्ष राजेन्द्र चित्रकार पनि यस प्रशिक्षणबाट फोटो पत्रकारको क्षमता अभिबृद्धि हुने कुरामा विश्वस्त हुनुहुन्छ ।